काठमाडौं । कोरोना संक्रमण अप्रत्यासित रुपमा फैलिएपछि सामाजिक दुरी र मानिसको चहलपहल घटाउन जोरबिजोर प्रणाली लागू गरेको छ । जुन आज बिहीबारबाट लागू भइसकेको छ । आज जोर गते जोरको पालो परेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने छ । यस्तै काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका शहरी इलाकामा आवगमनमा रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।