free website hit counter

आजबाट उपत्यकामा के के गर्न पाइन्छ, के के पाइँदैन ?

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

काठमाडौँ । काठमाडौं उपत्यका कोरोना संक्रमणको चपेटामा नराम्रोसँग फसेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको छ । उपत्यकामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार÷व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । राजधानीका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना सङ्क्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक आदेश जारी गर्दै खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्य पूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरेका छन् ।

त्यस्तै सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । संयुक्त सुरक्षा बैठकले सङ्ग्रहालय, चिडियाखाना, फुटपाथ खुल्ला ठाउँ र ठेला गाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी सङ्कलन, स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटेल–रेस्टुराँमा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ । उपत्यकाका तीन वटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।

सम्बन्धित समाचार