काठमाडौं । जनरल इन्स्योरेन्सको आईपीओ आजबाट खुलेको छ । प्रति कित्ता एक सयको दरका ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निस्काशन गरेको हो ।
उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ ।
लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् । आईपीओ असोज ११ गते देखि असोज १४ गतेसम्म खुल्ने छ । असोज १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असोज २५ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज १४ गते नै आईपीओ बन्द हुने छ ।