free website hit counter

आजबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

beemaadmin
२०७७ चैत्र २५, बुधबार

काठमाडौं । सरकारले संचालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम आजदेखि थप छ वटा जिल्लामा सुरु हुने भएको छ । मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदार बसौला बुधबारदेखि थप छ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने जानकारी दिएका हुन् । पाँचौ‌ स्वास्थ्य दिवसको अवसरमा सरकारले थप छ वटा जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गर्ने लागेको हो । हालसम्म ६९ जना जिल्लामा सरकारको स्वास्थ्य बीमा कार्यक्रम संचालित छन् ।

स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने नयाँ जिल्ला ताप्लेजुङ, बारा सर्लाही दोलखा मनाङ्ग र मुस्ताङ रहेका छन् । पाँचौ‌ स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयशराज त्रिपाठीले उक्त कार्यक्रमको भरचुअल रुपमा उद्घाटन गर्नेछन् । योसँगैं मन्त्री त्रिपाठीले बीमितहरुलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रम आवद्धता र मोबाइल स्वास्थ्य सेवाको समेत घोषणा गर्ने बसौलाले जानकारी दिए । हालसम्म सरकारको स्वास्थ्य बीमा कार्यक्रममा कूल ३७ लाख ४२ हजार ६५६ जना बीमित रहेका छन् । कार्यकारी निर्देशक बसौलाको अनुसार कूल बीमितको करिब ३३.९१ प्रतिशतले सेवा लिएका छन् ।

औषधी निःशुल्क नदिने स्वास्थ्य संस्था नविकरण नहुने
सरकारद्वारा संचालित स्वास्थ्य बीमा बोर्डले बीमितको औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुको नविकरण नगर्ने बताएको छ । बोर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुको औषधीहरु सिद्धिएको भन्दै बेग्लै ‌औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुको नविकरण नगर्ने बताएका हुन् । उप्रेतीले बीमा बोर्ड मानिसहरुको लागि खस्याकखुसुक पैसा खाएर बस्ने ठाउँ नहुने पनि बताए ।उनको अनुसार बोर्डमा कुनै पनि स्वास्थ्य संस्था एकपटक आवद्ध भइसकेपछि ५ वर्षसम्म नविकरण गर्नुपर्दैन । हालसम्म सरकारद्वारा संचालित बीमा बोर्डमा ३७५ वटा स्वास्थ्य संस्थाहरु आवद्ध छन् जहाँ बोर्डले ११ सय वटा ‌‌‌औषधीहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार