free website hit counter

आजबाट बीमा कम्पनी पनि दुई सिफ्टमा सञ्चालन

beemaadmin
२०७७ असार १, सोमबार

काठमाडौं । लकडाउन खुकुलो भएसँगै बीमा व्यवसायले पनि गति लिने भएको छ । अब बीमा व्यवसाय पनि दुई सिफ्टमा सञ्चालन हुने भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लकडाउन सकिएको १५ दिनसम्मको नवीकरण शुल्क नलिन निर्देशन दिएको छ । पछिल्लो पटक थप गरेको व्याज छुटको अवधि जेठ ३२ गते सकिएको पछि समितिले यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि समितिले बीमितहरुलाई नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गरेको थियो । अहिले लकडाउन केही खुला भएपनि पूर्णरुपले नखुलेपछि समितिले यस्तो निर्देशन दिएको छ । अव बीमितहरुले लकडाउन सकिएको १५ दिन भित्र नविकरण शुल्क बुझाएमा व्याज तिर्नु पर्दैन । समितिले सम्पूर्ण सरकारी कार्यालय,निकाय वा उद्योगले विदा दिएको कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब भत्ता पाउने गरी त्यसरी विदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय अनुसार गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तै सरकारको निर्णय अनुसार असार १ गतेबाट विहान ८ बजेदेखि दिउसो १ बजे र दिउसो १ बजे देखि साँझ ६ बजे सम्म दुई सिफ्टमा कार्यालयहरु सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । यसैगरी असार १ गते लकडाउनको मोडालिटी परिवर्तन भएसंगै यस अघि थन्किएका सवारी साधानहरुको हकमा बीमाशुल्क छुट दिने व्यवस्था भने रोकिएको छ ।

सम्बन्धित समाचार