free website hit counter

आजै गभर्नर छानिने, अधिकारीको पल्लाभारी

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिश समितिले रिक्त गभर्नर पदमा तीन जनाको नाम सिफारिश गरेको छ । यसरी आज नामसिफारिश गरिएकाहरुमा निमत्त गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी र पूर्व अर्थसचिव राजन खनाल रहेका छन् । आजै दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा सिफारिश गरिएकामध्येबाट एकजना नेपाल राष्ट्र बैंकको गभर्नरमा छानिने छन् । सिफारिशमा परेकामध्ये खनाल अर्थमन्त्री निकट हुन् भने शिवाकोटीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ रहेको बताइन्छ भने अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन रहेको बुझिएको छ । राष्ट्र बैंकका डा चिरञ्जीवी नेपाल गभर्नर बन्ने समयमा तत्कालिन नेकपा एमालेका अध्यक्ष ओलीको तर्फबाट प्रतिस्पर्धी रहेका अधिकारीलाई पछाडि पार्दै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले डा. नेपाललाई गभर्नरको जिम्मेवारी सुम्पिएका थिए । सो प्रकरणपछि राजीनामा दिएका अधिकारीलाई ओली प्रधानमन्त्री भएपछि लगानी बोर्डको कार्यकारी प्रमुख बनाएका थिए । अधिकारी राष्ट्र बैंकको डेपुटी गभर्नर समेत भएका र प्रधानमन्त्री ओलीको पनि निकट भएका कारण उनकै पल्लाभारी हुने सम्भावना रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार यदि उनको गनभर्नरमा सम्भावना नभएको भए लगानी बोर्डको नेतृत्व गरिरहेका व्यक्तिलाई सिफारिशमा समावेश गरिरहनु्पर्ने कुनै कारण नै थिएन । विश्वस्त स्रोतकाअनुसार अर्थमन्त्री निकट रहेका खनाललाई लगानी बोर्डको सिइओको जिम्मेवारी दिने र अधिकारीलाई गभर्नर बनाउने विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीबीच सहमति भएको बताइएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

मधु मरासनीलाई अर्थ सचिवको जिम्मा

beemaadmin
२०८१ बैशाख १०, सोमबार