काठमाडौं । शेयरधनीलाई दिने १० प्रतिशत बोनस सेयर पारित गर्ने लगायतका एजेन्डासहित एनएलजी इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारण सभा आज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुदैछ । उक्त साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।
साधारणसभाबाट कम्पनीले बोनश सेयर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । संचालक समितिले प्रस्ताव गरेबमोजिम आव २०७६/०७७ को संचीत मुनाफाबाट चुक्तापूँजी एक अर्ब नौ करोड ६३ लाख ७५ हजार ५ रुपैयाँको १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै आव २०७६/०७७ को मुनाफाबाट ५७ लाख ७० हजार ३९७ रुपैयाँ अर्थात ०.५२६३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने आज सम्पन्न हुने साधारणसभामा प्रस्ताव पेश गरी पारित गरिनेछ । बार्षिक साधाणसभामा कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आव २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने, २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्मको नाफा–नोक्सानको हिसाव लगायतका वित्तीय विवरणहरु पारित हुनेछन् । साथै आ।व। २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
सो सभामा उपस्थिति तथा लाभांश लिने प्रयोजनका लागि साउन १४ गते एक दिनका लागि कम्पनीको शेयरधनी दर्ता किताब (बुकक्लो) बन्द गरिसकेको छ । जसका कारण साउन १४ गतेभन्दा अघिसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र आज सभामा उपस्थिति जनाउन पाउनेछन् ।