free website hit counter

आज नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आज वैशाख १६ गते बस्दैछ । सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समेटिएको छैन । तसर्थ सभाले सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाब, तथा नगद प्रवाह विवरणलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठकभत्ता, दैनिक भ्रमणभत्ताका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार