काठमाडौं । ऐतिहासिक रेकर्ड कायम गरेर हिजो सुस्ताएको सुनको भाउ आज फेरि उकालो लागेको छ । सुनचाँदीको भाउ फेरि महंगिएको हो। फागुन २७ गते, सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार २ हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुनको भाउ तोलामा नै तीन हजार ५०० रूपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा झरेको थियो ।
शुक्रबार चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा उक्लेको छ। अघिल्लो कारोबार दिन, चाँदी तोलामा ४५ रूपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४०५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।