काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले धान्य पूर्णिमा, उधौली पर्व र योमरी पुन्हिका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसहित बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् ।