free website hit counter

आज सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

beemaadmin
२०८० फाल्गुन २५, शुक्रबार

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । आईपीओ आज बिहान १० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सर्वोत्तमको आईपीओमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये ५५ हजार ५२१ जनाले मात्र शेयर हात पार्नेछन् । आवेदन दिएका बाँकी साढे ९ लाख जनाको हात रित्तो हुनेछ । सर्वोत्तमले पहिलोपटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । जसको मूल्य प्रतिकित्ता ३६०.९० रुपियाँ छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार