free website hit counter

आज ५३८ थपिएपछि १० हजार नाघ्यो कोरोना संक्रमित (कुन जिल्लामा कति ?)

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । एक दुई जना हुँदै शुरु भएको कोरोना संक्रमणको यात्रा पछिल्लो समय चार पाँच सयमा पुगेको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या पनि १० हजार पार गरिसकेको छ । यतिबेला लकडाउन खुकुलो पारिएको छ । त्यसैले पनि मान्छेको चहलपहलसँगै कोरोना सर्वत्र भइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा चार हजार ९९५ जनाको स्वाब परीक्षण गर्दा ९० महिला र ४४८ जनामा पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आज संक्रमण पुष्टि भएकामध्ये विपि कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १, सप्तरीका २ र सुनसरीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा मोरङका १, तेह्रथुम २, र झापा ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरिएको परीक्षणमा अछामका २, अछाम २, अर्घाखाँचीका २, बाग्लुङका ६ र बझाङ १९ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी, बाजुराका २०, डडेलधुराका १, धादिङका १८, गोरखाका १४, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९ र कास्कीका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ। टेकुमै भएको परीक्षणमा नवलपरासी पूर्वका २१, पर्वतका २१,प्युठानका ५, रौतहटका १३, रुफन्देहीका १, सर्लाहीका २, सिराहाका ७, स्याङजाका ९, तनहुँका १ जनामा संक्रमण पुष्टि भएको छ। किटजन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा धनुषाका ३९ जनामा संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका १६, स्याङजाका १३, बाग्लुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७ र पर्वतका १ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २, पाल्पाका ४८, प्यूठानका ४५ र रुपन्देहीका २ जनामा संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा दाङका १९ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सल्यानका ४, सुर्खेतका ९, दैलेखका ३ र हुम्लाका १ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १ र दैलेखका १९ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३, डडेलधुराका ३, कैलालीका २२ र कञ्चनपुरका ९० जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार २२४ पुगेको छ भने २४ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार