free website hit counter

आज ६२ जना थपिएपछि उपत्यकामा ७२७ संक्रमित

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

काठमाडौं । राजधानीमा मानिस भित्रिने क्रमसँगै राजधानी काठमाडौं संक्रमणको जोखिममा नराम्रोसँग फसेको छ । नाकामा गरिएको परिक्षणमा ४० जनामा संक्रमण देखिनुले राजधानी बाहिरबाट आएकाहरुबाटै राधजानी असुरक्षित भएको प्रमाणित भएको छ । मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ। मंगलबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार