free website hit counter

आठ सहसचिवको कता कता सरुवा ?

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । सरकारले आठ जना सहसचिवको विभिन्न मन्त्रालय र निकायमा सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ती सहसचिवलाई सरुवा गरेको बताइएको छ । समाचारस्रोतकाअनुसार, सरुवा हुने सहसचिवहरुमा अर्थ मन्त्रालयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डा. रामप्रसाद घिमिरे आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ उनी केही समयअघिमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर मन्त्रालय आएका थिए । अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रघुराम विष्टलाई नै रुचाएपछि विष्ट कृषिमन्त्रालयबाट स्वास्थ्य पुगेका छन् । यसैगरी श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा भएका छन् । सञ्चारमन्त्रालयमा लामो समय बसेर उद्योग मन्त्रालय छिरेका रामचन्द्र ढकाल श्रम तथा रोजगार मन्त्रालयमा पुगेका छन् ।

उनको स्थान खाली राखिएको छ । यस्तै काठमाडौं महानगरपालिकामा यसअघि नै केही समय काम गरेर नेपाल ट्रष्टको कार्यालय पुगको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिवको समेत दोहोरो जिम्मेवारी निवाृह गरिरहेका राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा पुनः लगिएको छ । उनलाई महानगरको अनुभव भएकै कारण त्यहाँकै नेतृत्वको आग्रहमा महानगर पठाइएृको स्रोतको दाबी छ ।

यस्तै रअर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी सहसचिव मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । मंसिर पहिलो साता मन्त्रिमण्डल पुनर्गठन भएपछि सहसचिवहरुको सरुवा भएको यो पहिलो पटक हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार