free website hit counter

आदर्श लघुवित्तको आइपीओ बिक्री खुल्यो

beemaadmin
२०७९ असार १, बुधबार

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ असार १ गतेदेखि बिक्री खुल्ला भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आइपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार