free website hit counter

आधा अर्बको आईपीओ आउँदै

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । दुई हाईड्रोपावर कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले लिर्वटी इनर्जी कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

लिर्वटी इनर्जीको ३७ लाख ५० हजार र युनाइटेड इदीको १० लाख ५० हजार गरी ४८ लाख कित्ता शेयर निष्काशनमा आउनेछ। लिबर्टी ईनर्जीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न फागुन ८ गते अनुमति पाएको हो। कम्पनीले त्यस मध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

Advertisement
Advertisement

आईपीओ निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ।

Advertisement
Advertisement

कम्पनीले लमजुङको दोर्दी गाउपालिकामा २५ मेगाबाटको दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। कम्पनीको उक्त आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा रहेको छ।

कम्पनीले बागलुङ स्थित बडीगाड खोलामा २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ स्थित लोदोखोलाबाट १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजना निमार्ण गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ।

यस्तै बोर्डले युनाईटेड इदी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीलाई १० लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले फागुन ११ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिने  जनाएको छ। कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ।

सम्बन्धित समाचार