free website hit counter

आधा दर्जन कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति सिल

beemaadmin
२०७७ आश्विन १८, आईतवार

काठमाडौं । आधा दर्जन कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि भोलिबाट बीमा समिति एक साताको लागि सिल गरिएको छ । बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि भोलिबाट एक साताको लागि बीमा समिति सिल गर्ने निर्णय गरिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलिबाट एक हप्ता कार्यालय बन्द गर्न लागिएको बताइएको छ । । आजसम्म खुल्ला रहेको बीमा समिति भोलिबाट बन्द हुनेछ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार