काठमाडौं । आफ्ना ग्राहकलाई सुविधा बढाउनमा अग्रणी वित्तीय संस्था एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ ।
उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।