free website hit counter

आफैं विरुद्ध मोर्चा बनेपछि चाले ओलीले यस्तो चाल

beemaadmin
२०७७ कार्तिक ५, बुधबार

काठमाडौं । कहिले वामदेवलाई च्यापेर माधव नेपाल र पुष्पकमल दाहालाई एक्ल्याउने त कहिले नेपाललाई च्यापेर वामदेव र प्रचण्डलाई एक्ल्याउँदै आफ्नो सत्ता डगमगाउन नदिएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि माधव नेपाल पक्षलाई च्याप्ने तयारीमा पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार वन टु वन कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको हो । ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गरेका थिए । उनले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिएको बुझिएको छ ।

आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको समेत नेपालको जवाफ थियो । ओलीले नेपाल प्रचण्डसँग नजिकिएर आफ्नोविरुद्ध उत्रिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले प्रचण्डले सरकार र पार्टी सञ्चालनमा अप्ठ्यारो पारेको भन्दै नेपाललाई साथ दिन आग्रह गरेका थिए ।

मन्त्रिमण्डल पुर्नगठनमा समेत सहमतिबाट बढ्ने भन्दै नेपाललाई मिलेर जाने प्रस्ताव गरेको बुझिएको छ । नेपालले भने आफूले यसबारे निकटस्थहरुसँग परामर्श गरेर बढ्ने जवाफ दिएका थिए । नेकपाभित्र ओलीलाई हटाउन नयाँ डिजाइन बनिरहँदा बालुवाटारमा हिजो नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । यसले पूर्व एमाले पक्ष पुनः एक ठाउँमा आउने संकेतहरु देखिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार