free website hit counter

आफ्नै कर्मचारीको नियमन गर्दै बीमा समिति

beemaadmin
२०७९ भाद्र १५, बुधबार

काठमाण्डौं । बदमासी जहाँसुकै हुन्छ । त्यही बदमासीले गर्दा व्यवसाय नै गलत बाटोमा जान्छ र व्यवसाय धरासायी हुन्छ । नीति र नियम लागू गराउने नियामक निकायहरुले कहीं कतै बाटो नबिराउने हो भने यस्ता अनियमितता हुने थिएनन् । अनुगमन र नियमनमा खटिएका बीमा समितिका जिम्मेवार कर्मचारी नै गलत धन्दामा संलग्न रहेको गुनासो आएपछि बीमा समितिले गोप्य उजुरीका लागि बीमा समितिले आग्रह गरेको छ । कार्यकारी निर्देशक राजुरमण पौडेलले मंगलबार सबै बीमा कम्पनीहरुलाई संयुक्त परिपत्र जारी गर्दै गैर व्यवसायीक कृयाकलापमा संलग्न कर्मचारीबारे तत्कालै बीमा समितिको अध्यक्षलाई सम्बोधन गरी गोप्य रुपमा सूचना उपलब्ध गराउन अनुरोध गरेका हुन् । समितिले प्राप्त गुनासाहरु गोप्य रहने आश्वासन दिएको छ । परिपत्रमा बीमा समितिद्वारा प्रवाह हुने सेवा र स्थलगत निरिक्षणमा संलग्न केही कर्मचारीको व्यवहार अमर्यादित र अनुशासहिन तथा धाकधम्कीपूर्ण र अनुचित लाभमा केन्द्रित रहने गरेको गुनासो आएकोमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो परिपत्र जारी गरेको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार