free website hit counter

आरएसडिसी लघुवित्तको नाफा घट्यो

beemaadmin
२०८० माघ ४, बिहीबार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाको नाफा १२ प्रतिशतले घटेर ६ करोड ९३ लाख रुपियाँ कायम भएको छ । यस्तो नाफा गत आवको सोही अवधिमा ७ करोड ९४ लाख रुपियाँ थियो । त्यसैगरी, लघुवित्तको खुद ब्याज आम्दानीसमेत घटेको छ । गत वर्षको सोही अवधिमा १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले समिक्षा अवधिमा घटेर १२ करोड २० लाख रुपियाँ पुगेको छ । त्यस्तै, ६ महिनाको अवधिमा लघुवित्तको नेट फी एन्ड कमिसन आम्दानी ८१ लाख २ हजार रुपियाँ छ भने कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपियाँ, सञ्चालन नाफा ९ करोड ९० लाख रुपियाँ र वितरणयोग्य नाफा १०.७९ प्रतिशत अर्थात् ४ करोड ७४ लाख रुपियाँ रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपिँया, जगेडा कोष १२ करोड १० लाख रुपैयाँ, सापटि ६ अर्ब १ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ६४ करोड रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपियाँ, प्रतिसेयर नेटवर्थ १३१.०१ रुपियाँ र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा रहेको बताइएको छ । साथै, समिक्षा अवधिमा संस्थाको खराब कर्जा भने बढेको छ । गत वर्षको पुसमा ०.८१ प्रतिशत एनपिएल रहेकामा बढेर १.८२ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचार