free website hit counter

आरएसडिसी लघुवित्तले घोषणा गर्‍यो ९.४० प्रतिशत नगद लाभांश

beemaadmin
२०८३ कार्तिक १७, सोमबार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

Advertisement
Advertisement

लाभांश वितरणसम्बन्धी निर्णय कार्यान्वयनका लागि नियामकीय स्वीकृति र साधारणसभाको अनुमोदन आवश्यक पर्नेछ।

सम्बन्धित समाचार