काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने शुक्रबारकै मूल्य प्रति तोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।