free website hit counter

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी उल्लेख्य बढेपनि खर्च बढेका कारण लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७१.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २ हजार ८८८.७० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७८.८९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.६७ प्रतिशत बढेको छ। राष्ट्र उत्थान लघुवित्तलाई एक्वायर गरी गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको यस लघुवित्तको चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा १२ करोड ३३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६२ रुपैयाँ रहेको छ। नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९१.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा रहेको छ। ६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ८९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार