free website hit counter

इटलीमा संक्रमित बढ्दा चिन्ता

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

एजेन्सी । कोरोनाको चर्को चपेटामा परेको इटलीमा आइतबारपछि ज्यान गुमाउने र नाजुक बिरामीको संख्यामा कमी आए पनि संक्रमितको संख्यामा कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ । तसर्थ, चिन्ता अझै पनि बाँकी छ । यहाँ सुरुवाती चरणको तुलनामा परीक्षणको संख्या पनि बढाइएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ हालसम्म कूल १ लाख ३९ हजार संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।
एक लाख बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ । यहाँ २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार