free website hit counter

इतिहासकै ठूलो ८ अर्बको आईपिओ आजबाट बिक्री खुल्यो, १० देखि २ करोड कित्ता आवेदन दिन सकिने

beemaadmin
२०७७ माघ २, शुक्रबार

काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा ठूलो ८ अर्बको आइपीओ आजबाट बिक्री खुल्ला भएको छ । नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्बको आईपिओ आज माघ २ गतेदेखि विक्री खुला भएको छ । कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि ०।२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।
प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो हालसम्मकै ठुलो आइपीओ भएकाले एक जनालाई ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। त्यसर्थ न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने सम्भावना छ ।
लगानीकर्ताले ग्लोबल एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । चुक्ता पुँजि २० अर्ब लक्ष्य राखेर स्थापना गरिएको बैंकको १२ अर्ब संस्थापक शेयरधनीहरुको लगानी रहेको छ भने ८ अर्व सर्वसाधारणको लगानी गरिने शेयर संरचना छ ।
त्यस्तै नागरिक लगानी कोषले बैंकको आईपीओलाई प्रत्याभूत ९अण्डरराइट० गरिसकेको छ । २०७५ फागुन २२ गतेदेखि नै स्थापना भएको बैंकको अहिले पनि पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि २० अर्ब पुग्नेछ ।

सम्बन्धित समाचार