free website hit counter

इ-ढेवा सुपर एप बजारमा

beemaadmin
२०७७ असार ७, आईतवार

काठमाडौं । डिजिटल युगको सुरुवातसँगै भुक्तानी सरलीकरणका दर्जनौँ एप प्रयोगकर्ता माझ आउँदा दैनिकी चल्न सहज भएको छ । यसै बिच रेमिटयान्सको अनलाइन भुक्तानी सेवालाई लामो समय देखि सहजीकरण गरिरहेको आइ—पे र माइक्रोसफ्टको नेपालको लागि आधिकारिक बिक्रेता जनलिमिटेडको संयुक्त सहकार्यबाट इ-ढेवा सुपर एप बजारमा आउन सफल भएको छ । यो एपलाई दुई वर्षदेखि व्यवसायीरुपमा सफल प्रयोगका लागि परीक्षण पश्चात् बजारमा ल्याइएको कम्पनी स्रोतले बताएको छ । यस छोटो अवधिमा यो सुपर एपको प्रयोगकर्ता सख्ंया हाल ५० हजारको हाराहारीमा पुगिसकेको जनाइएको छ । डिजिटल युगमा यस प्रकारका एपको प्रयोगकर्ता सख्ंयामा वृद्धि हुँदै गएको पाइएको छ । सेवा उपल्वध गराउने मार्चेन्ट र उपभोक्ता बिच साझा प्लाटर्फम बन्न सफल भएको छ इ-ढेवा । यस एपको परिधि र प्रयोगलाई फराकिलो बनाउने उद्देश्यले नेपालमा पहिलो पटक र्भच्युल मलको सफल सञ्चालन गर्ने मुञ्चा डट कम ले सहकार्य गरेको छ । यो अनलाइन विदेशमा बस्नेले स्वदेशमा रहेका आफन्तलाई उपहार इत्यादि सामाग्रीको अर्डर अनुसार घरसम्म ¥ल्याइदिने व्यवसायमा स्थापित नाम हो ।
हाल बजारमा विभिन्न प्रकारका भुक्तानीलाई सहज बनाउन दर्जनौँ नाम गरेका एप भेटिने गर्दछ । प्रत्येक कारोबारमा उपभोक्ता र मर्चेन्ट दुवै तर्फबाट यस प्रकारका भुक्तानी प्रदायक एपले कमिसन पाउने गर्दछ । विशेष गरी वित्तीय सेवाका डेबिट तथा क्रेडिट कार्ड प्रयोगको सेवा शुल्क भित्र पेमेन्ट सोलुसन कम्पनीको समेत कमिसन जोडिएको हुन्छ । तर इ-ढेवाको सेवा प्रयोगमा उपभोक्तालाई कुनै आर्थिक भार पर्देन् । तर सेवा उपलब्ध गराउने मार्चेन्टबाट कोबारको प्रकृ्रती अनुसार ०।५ देखि १० प्रतिशत कमिसन प्राप्त गर्दछ । यस एपको पूर्ण निमार्णमा ८ वर्ष लागेको कम्पनीले जनाएको छ । सुरुवातमा इ-ढेवाको प्रयोग सहकारी समूहका अनलाइन पेमेन्टका लागि भएको थियो । आइ-पेको साथ पाए पछि केन्द्रीय बैकिङ प्रणालीमा जोडिन पुगेको पछि यस सुपर एपको प्रयोग मार्फत विकास बैंक , वित्त कम्पनी त्यस्तै बिमा क्षेत्रका प्रिमियम भुक्तानी समेत सहज बनेको छ । यस एपको विभिन्न लाभदायक विशेषता मध्ये दैनिक भुक्तानीको तालीकी करण गर्न सकिने, ग्राहकको ठेगाना राखेपछि त्यही स्थानमा मुञ्चा मार्फत अन्य सामान अर्डर अनुसार मगाउन सकिने लगायतका रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार