free website hit counter

उच्च अदालत पाटनमा एनआईसी काउण्टर

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको एनआईसी एशिया बैंक लिमिटेडले हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा विस्तारित काउण्टर राखिएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे ।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए ।

सम्बन्धित समाचार