काठमाडौं । कोभिड– १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएका छन् । हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई मेज १५ सम्म लम्ब्याउने निर्णय भएको हो । सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।