काठमाडौं । बजार विस्तार र व्यापारमा आक्रामक रुपमा अघि बढेको शिखर इन्स्योरेन्स उत्कृष्ट कम्पनीहरुको सूचिमा पर्न सफल भएको छ । उत्कृष्ट कम्पनीको क्रेडिट रेटिङ गर्ने एजेन्सी इक्राबाट ए रेटिङ पाउन सफल भएको हो ।
बीमा व्यवसायको आधारमा शिखर इन्स्योरेन्स पहिलो नम्वरको कम्पनी हो । इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको हो । कम्पनीको जोखिम, मुनाफा र तरतालगायतका सबै सूचांकहरुको अध्ययनपछि शिखरलाई ए रेडिङ दिएको हो । इक्राले शिखर इन्स्योरेन्समा जोखिम न्यून रहेको, पर्याप्त पुनर्बीमाको व्यवस्था गरेको तथा सोल्भेन्सी रेसियो २.५ रहेको जनाएको छ । नियमनकारी निकायले सोल्भेन्सी रेसियो १.५ वा सो भन्दा माथि हुनुपर्ने निर्धारण गरेको भए पनि शिखर इन्स्योरेन्सको सन् २०१९ को मध्य जुलाईसम्ममा सोल्भेन्सी रेसिया २.५ गुणा भएको इक्राले उल्लेख गरेको छ ।
२०१६ देखि २०१९ सम्मको तीन वर्षमा लगानीकर्ताहरुलाई दिएको प्रतिफलले समेत ए रेटिङको लागि कम्पनी योग्य भएको उल्लेख गरेको छ । इक्रा नेपालले नेपालका ठूला र बढि प्रतिफल दिने बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंकलगायतका सीमित कम्पनीलाई मात्रै ए वा सो भन्दा बढि रेटिङ दिएको छ । ए रेटिङ पाएसँगै कम्पनीको बलियोपना, विश्वासनीयता, प्रतिफल सुनिश्चित गर्ने कम्पनीको शिखर इन्स्योरेन्सले आफूलाई स्थापित गर्न सफल भएको छ ।