free website hit counter

उत्तर कोरियाली शासक किमलाई गम्भीर स्वास्थ्य समस्या

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

एजेन्सी । अमेरिकाको चर्को आलोचकका रुपमा रहेका उत्तर कोरियाली शासक किम जोंग उन सिकिस्त विरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । किममा (कार्डियोवस्कलर) मुटुमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको जनाइएको छ । हयांगसान कस्बेस्थित एक विल्लामा आराम गरिरहेका उनमा शल्यक्रियापछि पनि अवस्था सामान्य हुन नसकेको सीएनएनले दावी गरेको छ । धेरै चुरोट पिउने आदत भएका किममा मोटोमनको समेत समस्या छ । ११ अप्रिलदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी १५ अप्रिलको दिन परेको हजुरवुबाको जन्मदिन कार्यक्रममा पनि सह्रीक नभएको समाचार एजेन्सीहरुले जनाएका छन् । फाइल तस्बिर

सम्बन्धित समाचार