free website hit counter

उपत्यकामा अहिलेसम्मकै धेरै (२०५ जना) संक्रमित थपिए

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । राजधानी काठमाडौं पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । लकडाउन खुलेसँगै संक्रमितको अवस्था भयाबह बन्दै जाँदा आज अहिलेसम्मकै धेरै संक्रमित उपत्यकामा भेटिएका छन् ।

काठमाडौं उपत्यकामा मंगलबार २०५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। हाल देशभर होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।

मृत्यु हुनेको संख्या ११४ पुग्यो
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

सम्बन्धित समाचार