free website hit counter

उपत्यकामै २०० जना संक्रमित, मन्त्रिपरिषद विशेष बैठक बोलाइयो

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

काठमाडौं । मुलुकलाई कोरोनाले गाँज्दै लगेपछि विशेष निर्णय लिनका लागि आज क्यानिवेट बैठक बोलाइएको छ । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको हो । बैठकमा कोरोनाविरुद्ध देश एकढिक्का भएर लड्न सर्वदलीय समिति बनाउन आवश्यक भइरहेको बेला विशेष निर्णय लिन क्यानिवेट बैठक बोलाइएको हो । सोमाबार मात्रै सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

उपत्यकामा मात्रै २०० संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २४६ जना छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार