free website hit counter

उपेन्द्रले ध्यान नपुर्याउँदा विशेषज्ञ पद खाली

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्राथमिकता नदिँदा मन्त्रालयमा तीन जना विशेषज्ञ पद खाली छ । विगत लामो समयदेखि रिक्त रहेको विशेषज्ञ पद पूर्तिका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । पाँच जना १२औं तह (विशेषज्ञ) पद रहने मन्त्रालय र मातहतमा अहिले दुई जनामात्रै विशेषज्ञ कार्यरत छन् ।

डा. सुशील प्याकुरेल गत भदौबाटै अवकाश पाएका हुन् । स्वास्थ्य सेवा विभागको डिजीबाट अवकाश पाएका प्याकुरेलको म्याद थपका लागि प्रस्ताव लगिए पनि निर्णय हुन सकेन । त्यसैगरी डा. तरुण पौडल गत ०७४ मंसिरमै र डा. बिनोदमान श्रेष्ठ ०७४ फागुनमै अवकाश पाएपछि विशेषज्ञ पद रिक्त रहँदै आएको हो ।

उक्त पदपूर्तिका लागि मन्त्रीले गम्भीर ध्यान नपुर्याएको बताइन्छ । उक्त पदमा जानका लागि मन्त्रालय र विभागमा कार्यरत डा. रोशन पोखरेल, डा. दिपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. गुणराज लोहनीलगायत ११ तहमा कार्यरत अन्य चिकित्सकहरुको दौडधूप रहेको बताइन्छ ।

सम्बन्धित समाचार