free website hit counter

ऋणिको मृत्युपछि सिटिजन लाइफद्वारा ३० लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ कार्तिक १०, बुधबार

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सहकारीको ऋणी मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था बर्दघाट पन्चनगरलाई भुक्तानी गरेको छ।साना किसान कृषि सहकारी संस्था पन्चनगर र सिटिजन लाइफ इन्स्योरेन्स बिच १८ महिना अगाडि ऋणिहरुको बिमा गर्ने सहमती भएको थियो।रिणिहरु मध्ये तीन रिणिको मृत्यु हुँदा सो परिवारका सदस्य हरुले मृत्यु दाबी भुक्तानी पाएका छन ।
यो भन्दा पहिले ५५ हजार रुपिया कम्पनीले साना किसान पन्चनगर लाइ प्रदान गरिसकेको छ भने एकै पटक दुईवटा मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार एक कार्यक्रमकाबीच प्रदान गरेको छ । बिमित लालश्री खवासको सर्पले टोकेर मृत्यु भएको थियो ।
दुर्घटना मृत्यु भएको कारण २० लाख १० हजार कम्पनीले दाबी भुक्तानि गरेको छ जुन एउटै ब्यक्तिको दाबि भुक्तानि को यो सर्वाधिक रकम हो । अर्को ऋणी वसन्त राज घिमिरेको मृत्यु मा पनि कम्पनिले मृत्यु दाबि १० लाख १० हजार भुक्तानी गरेको छ । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ विजनेश अफिसर सुनिल पोखरेलले कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने उल्लेख गरेका थिए । त्यसै गरि साना किसान पन्चनगरका प्रबन्धक पुर्णचन्द्र घिमिरेले र केहि ऋणीरुले अझै पनि बीमा बारे खासै चासो नदेखाएको र बीमाको कुरा बुजाउन गाह्रो भएको समयमा यसरी सजिलै प्राप्त भुक्तानी गरेको देख्दा अबका दिन हरुमा सहकारिका सम्पुर्ण ऋणिहरुको बीमा प्रति सकारात्मक सोच पैदा हुने जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार