free website hit counter

एकैदिन ९०० ले घट्यो सुन

beemaadmin
२०७८ माघ १३, बिहीबार

काठमाण्डौ । लगातार दुई दिन उकालो लागेको सुन तेस्रो दिन ओरालो यात्रामा लागेको छ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार रुपैयाँमा झरेको छ। हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार