free website hit counter

एकै महिनामा एक खर्ब १९ अर्ब व्यापार घाटा

beemaadmin
२०८२ भाद्र ७, शनिबार

काठमाडौं । आफ्नो देशमा उत्पादन गर्न छाडेर सबै कुरा बेसाएरै खाएपछि आर्थिक रुपमा मुलुक जर्जर बन्नु नौलो होइन । आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा नै एक खर्ब ६६ अर्बबढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले शुक्रबार सार्जजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको शुरु महिनामै वैदेशिक व्यापार १८.७५ प्रतिशतले वृद्धि भएको हो । चालु वर्षको साउन महिनामा एक खर्ब ४३ अर्ब ४ करोड रुपियाँ बराबरको वस्तु आयात हुँदै गर्दा यता नेपालबाट जम्मा २३ अर्ब ९३ करोड २४ लाख रुपियाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै महिना एक खर्ब २८ अर्ब ३७ करोड रुपियाँ बराबरको आयात हुँदै गर्दा निर्यात १२ अर्ब २२ करोड ६१ लाख रुपियाँ बराबरको मात्र भएको थियो । समीक्षा अवधिमा आयात ११.४२ प्रतिशतले वृद्धि भएको छ भने निर्यात अधिकतम ९५.७५ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ । समीक्षा महिनामा कूल एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार हुँदै गर्दा असमान घाटा मात्र नेपालले यस महिनामै एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपियाँ व्यहोरेको छ । अघिल्लो वर्षको यसै महिनामा एक खर्ब १६ अर्ब रुपियाँ घाटा व्यहोरेको नेपालले यस वर्ष आयात र निर्यात दुबै वृद्धि गर्दैगर्दा पनि घाटा २.५५ प्रतिशतले व्यहोर्न पुगेको हो । समीक्षा महिनाको आयात निर्यात अनुपात ५.९८ प्रतिशत रहेको छ भने कूल व्यापारमा आयातको हिस्सा अधिकतम् ८५.६७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १४.३३ प्रतिशत मात्र रहेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार