free website hit counter

एक आर्थिक वर्षमा जीवन बीमाको व्यापार २ खर्ब नजिक

beemaadmin
२०८२ श्रावण २६, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्र चलयमान हुन सकेको छैन । वित्तीय तरलताले सबै क्षेत्रलाई सताएको छ । तर पनि बैंक तथा वित्तीय क्षेत्रमा भने त्यसको त्यति ठूलो असर देखिएको छैन । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१–८२ मा पौने २ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्ष १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत आवमा बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरूले आवमा १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। बीमा प्राधिकरणका अनुसार असारमा मात्रै २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आव २०८१–८२ मा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गत आवमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आव २०८०–८१ को तुलनामा १७।५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले १६.७७ प्रतिशतले व्यापार बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आवमा १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १०.०४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले गत आवमा १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आवमा सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार