free website hit counter

एक महिनामै उठाए लघुबीमा कम्पनीले ३२ करोड शुल्क

beemaadmin
२०८२ बैशाख २२, सोमबार

काठमाडौं । लघुबिमा कम्पनीहरुले आक्रामक रूपमा व्यवसाय विस्तार गर्न थालेका छन् । कम्पनीहरूले प्रमुख आम्दानीको स्रोतवृद्धि र व्यवसाय विस्तारलाई तीव्र पारेका हुन्। जीवन बिमा कम्पनी र लघु बिमा कम्पनीहरुले चैत महिनामा मात्रै ३२ करोड माथिको प्रथम बिमाशुल्क (बिमा पोलेसी बिक्रीबाट लिइने पहिलो किस्ता) १० करोड रुपैयाँले बढाएका छन्। फागुन महिनामा जीवन बिमा तथा लघुविमा कम्पनीहरुले कुल २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेकोमा चैत महिनामा ३२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेका हुन्। यो अवधिमा कम्पनीहरुले ३ लाख १५ हजारवटा बिमालेख बिक्री गरेका थिए। योसहित बिमा कम्पनीहरुको चैत मसान्तसम्मको प्रथम बिमाशुल्क आर्जन २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म कम्पनीहरुले कुल २ अर्ब ११ करोड रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गरेका छन्। जसमा नवीकरण शीर्षकमा २ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन्। चैत मसान्तसम्म कुल ४१ लाख १४ हजार वटा लघुविमा सक्रिय छन्।

सम्बन्धित समाचार