free website hit counter

एक लाखबाट पनि उकालो यात्रामा सुन

beemaadmin
२०७८ चैत्र १०, बिहीबार

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ७०० रुपैयाँ किनबेच भएको थियो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार