free website hit counter

एक सातादेखि घरमै आराम गर्दै प्रचण्ड

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल मौसमी रुघाखोकी कारण निवासमै आराम गरिरहनुभएको छ । ललितपुरस्थित खुमलटार निवासमा आराम गरिरहनुभएका प्रचण्डले अत्यावश्यक भेटघाटबाहेकका कार्यक्रममा जानुभएको छैन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि सत्तारुढ उहाँ पनि निवासमा आराम गर्न थाल्नुभएको हो । रुघाखोकीकै बीचमा प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल आउनुभर्एका प्रचण्ड त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति घरमै बसेर बुझिरहनुभएको बताइएको छ । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उहाँले भेटघाट गरिरहेको बताइएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेलालगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले उहाँले आराम गर्ने मौका पाउनुभएको बताइएको छ ।

सम्बन्धित समाचार