free website hit counter

एक सातामा दुई हजार चार सयले ढढ्यो सुन

beemaadmin
२०८१ आश्विन १२, शनिबार

काठमाडौं । सुनको मूलय उकालो लाग्नेक्रम रोकिएको छैन । यो साताभरजसो सुनको भाउले रेकर्डमाथि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन रेकर्ड मूल्यमा कारोबार भएको सुन, छैंठौ दिनसम्म पनि नयाँ नयाँ रेकर्ड बनाउँदै कारोबार भयो । यो साताको पहिलो दिन आइतबार रेकर्ड बनाएको सुनको मूल्यले छैंठौ दिन शुक्रबारसम्म पनि दैनिक रेकर्ड बनाएको छ । नेपाली बजारमा यो साता सुनको मूल्यले दिनदिनै ऐतिहासिक रेकर्ड बनाएको हो । आइतबार उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको सुनको मूल्य लगातार ६ दिन बढिरह्यो । सोमबार तोलाको एक लाख ५९ हजार २०० रूपैयाँ पुग्दै मंगलबार एक लाख ५९ हजार ७०० रूपैयाँ कायम भयो । बढ्ने क्रमलाई निरन्तरता दिँदै सुन बुधबार प्रतितोला एक लाख ६० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो भने बिहीबार एक लाख ६० हजार ७०० रूपैयाँको उचाइमा पुगेको थियो । यसैगरी, शुक्रवारसम्म पनि सुनको मूल्यले उच्च ऐतिहासिक रेकर्ड राख्यो । यस दिन सुन प्रतितोला एक लाख ६१ हजार २०० रूपैयाँमा खरिदबिक्री भएको थियो । यो मूल्य साताको पहिलो दिनको तुलनामा तोलामा २ हजार ४०० रूपैयाँले बढी हो ।

सम्बन्धित समाचार