free website hit counter

एक सातामै पाए ४ हजारले कोरोना बीमा दाबी भुक्तानी

beemaadmin
२०७७ पुष ४, शनिबार

काठमाडौं । दाबी प्रक्रियामा ढिलाई हुँदा कोरोना बीमाको आलोचना मात्रै भएन बीमा व्यवसायप्रतिको दृष्टिकोण समेत नकारात्मक बनाउने जोखिम रहेकै बेला कोरोना बीमाको दाबी भुक्तानीले गति लिएको छ ।

कोरोना बीमा अन्तर्गत भुक्तानी हुने क्रम बढ्दै गएको छ । अर्थ मन्त्रालयको निर्देशन र बीमा समितिको अनुगमनपछि कोरोना बीमाको पुल व्यवस्थापकले कोरोना संक्रमितको दाबी भुक्तानीमा तीब्रता दिएको हो ।

हालसम्म भुक्तानी पाउनेको संख्या १२ हजार १ सय ९३ जना पुगेको बीमा समितिले जनाएको छ । उनीहरुले कुल १ अर्ब १९ करोड ७ लाख बराबर भुक्तानी पाएको बीमा समितिले जनाएको छ । अघिल्लो साता बुधबारसम्म ८ हजार १ सय ४५ जनाले भुक्तानी पाएकोमा यो साताको बुधबारससम्म आइपुग्दा थप ४ हजारले ४८ बीमाको दाबी भुक्तानी पाएका हुन् ।

हालसम्म कुल २३ हजार ५६ जनाले बीमाको भुक्तानीका लागि मागदाबी गरेका छन् । अब भुक्तानी पाउन बाँकी रहेको १० हजार ८ सय ६३ जना रहेको देखिएको छ ।

त्यसमध्ये हालसम्म २ हजार १ सय ११ जनाको दाबी स्वीकृतिको प्रक्रियामा रहेको, २ हजार ५ सय ५४ जना स्वास्थ्य सेवा विभागको भेरिफिकेसजको चरणमा रहेको १ हजार ११ फाइल भेरिफिकेसनको लागि पठाउन तयारी अवस्थामा रहेको जनाइएको छ । बीमा पुल व्यवस्थापकले १ हजार ५ सय ७१ वटा फाइल भने फेरि कागजपत्र नपुगेको भन्दै सम्बन्धित बीमा कम्पनीमा फिर्ता पठाइदिएको छ । ५० वटा दाबी भने दोहोरो परेको भन्दै रद्द गरिएको छ ।

सम्बन्धित समाचार