free website hit counter

एघार महिनामा ७३ अर्ब बीमा दाबी भुक्तानी

beemaadmin
२०८२ असार २३, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट करिब ७३ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको देखिएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको ११ महिनामा हाल नेपालमा १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुबाट कुल ७२ अर्ब ९४ करोड २१ लाख रुपैयाँ दाबी भएको हो। अघिल्लो वर्ष यही अवधिमा बीमकहरुबाट ६९ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो। अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी रकम ४.२३ प्रतिशतले मात्रै बढेको छ। प्राधिकरणको तयांकअनुसार अघिल्लो वर्षको तुलनामा जीवन बीमकको दाबी भुक्तानी रकम घटेको छ भने निर्जीवन बीमकको बढेको छ। गत वर्षको असोजमा देशभर आएको बाढीपहिरोले पुर्याएको क्षतिले निर्जीवन बीमकको दाबी भुक्तानी बढेको हुन सक्ने देखिएको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म जीवन बीमकहरुले ५२ अर्ब ६४ करोड १८ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले २ लाख ३८ हजार ६०८ वटा दाबीको भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको जेठसम्म जीवन बीमकहरुले २ लाख ६८ हजार ६७७ वटा दाबीको ५३ अर्ब ९६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या ११.१९ प्रतिशत र रकम २.४५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको जेठसम्म जीवन बीमकहरुले ५४ हजार ४२२ वटा दाबीको ४ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष जेठसम्म जीवन बीमकहरुले ३९ हजार २९८७ वटा दाबीको २ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ३८.४९ प्रतिशत र ५९.६१ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार