काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर दल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एटीएमबाट पैसा निकाल्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग आग्रह गरेका हुन् । बैंकहरुले पनि एटीएम मेसिनलाई नियमित निर्मलीकरण गरिरहेको बताउँदै आएपनि त्यसले मात्र नपुग्ने उनको भनाइ थियो । एटीएम प्रयोग गर्ने व्यक्ति संक्रमित भएमा भाइरस सर्न सक्ने जोखिम धेरै हुने भएकोले एटीएम प्रयोग गर्नासाथ हात स्यानिटाइजर लगाउन वा धुन आग्रह गरिएको हो ।