free website hit counter

एनआईसी एशियाको खुद नाफा सवा ३ अर्ब

beemaadmin
२०७८ श्रावण ३१, आईतवार

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आव २०७७–७८ मा यस बैंकले कर्जातर्फ करिब रु ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रु. २६५ अर्ब पु¥याउन सफल भएको छ । यो २७ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै रहेको बैंकको दाबी छ । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रु। ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७–७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रु. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।
यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रु। ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रु. २९८ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७७–७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब रु. २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । बैंकले आव २०७७–७८ मा रु. ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी रु. २८.११ पु¥याएको छ । त्यसै गरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ ।
बैंकले आव २०७६–७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आव २०७७–७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको कुल कर्जामा रु। ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । बैंकले आव २०७७–७८ मा ४६६,४९५ नयाँ ग्राहक सङ्ख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू बनाएको छ ।
खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेपमा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ । बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आव २०७६–७७ मा ७०ः३० रहेको थियो ।

सम्बन्धित समाचार