free website hit counter

एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

beemaadmin
२०८२ फाल्गुन १, शुक्रबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०७९–८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोपश्चात बैंकले कुनै आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन। हाल भने बैंक ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार