free website hit counter

एनआईसी एसिया खराब कर्जाको घेराउमा

beemaadmin
२०८० माघ २५, बिहीबार

काठमाडौँ । एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जामा चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०।६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको हो ।वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । फलतः बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ । खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत नराम्रोसँग खुम्चिन पुगेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०।१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४।१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४।९२ प्रतिशतले घट्न पुगेको छ । अन्तोत्वगत्वा यस वर्ष बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । यसले आगामी वर्ष बैंकले वितरण गर्ने मुनाफा प्रभावित बन्ने निश्चित छ ।
उसो त बैंक खराब कर्जामा चुर्लुम्म डुब्दै गर्दा यता एनआईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च हो । आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो । त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् धितो रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ ।

सम्बन्धित समाचार