free website hit counter

एनएमबिको खुद नाफा डेढ अर्ब

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडले डेढ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ करोड ६१ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै गैर सञ्चालन मुनाफा उल्लेख्य बढेपछि खुद नाफा बढेको हो। पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १३ अर्ब ६३ करोड कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७२ करोड ८८ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४ करोड ६७ लाख रुपैयाँ बढेर १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि बैंकको इम्पेरिमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफामा दबाब परेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड १४ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आर्थिक वर्षको यसै अवधिसम्ममा बढेर ६० करोड ५२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७६ प्रतिशतबाट बढेर १.९६ प्रतिशत पुगेका छ।

११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड १५ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ रुपैयाँ १८ पैसा हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ भने १७ रुपैयाँ १६ पैसा घटेर १८८ रुपैयाँ ५५ पैसामा सीमित भएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार