काठमाडौँ । घर निर्माणका लागि लिएको कर्जाको ब्याज वर्षैपिच्छे थपिएर हैरान हुनुहुन्छ भने अब त्यो समस्या आउने छैन । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जा योजनाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बैंकले जनाएको छ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउने बैंकले विश्वास राखेको छ । घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।